१० जेष्ठ २०७९, मंगलवार

कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम जारी

२०७८,माघ,४,मंगलवार १७:२५

288
Shares

काठमाडौं । कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम मंगलबार पनि जारी रहेको छ ।

सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएकोमा मंगलवार पनि खोप लगाउने कार्यक्रम जारी रहेको हो । कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाइसकेका अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर खोप दिइएको छ । उपत्यकाका विभिन्न खोप केन्द्रहरु सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनी, लोत्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगंज, वीर अस्पताल, शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल टेकु बाट बुस्टर खोप लगाउने कार्यक्रम जारी राखिएको छ ।

त्यस्तै छाउनी, बयोधा अस्पताल बल्खु, प्रसुती रोग तथा स्त्रीरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँ बानेश्वर, पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल सामाखुसी, काठमाडौं मोडल अस्पताल, एपेक्स पोलिक्लिनिक जुुडिबुटी, काठमाडौं मोडल अस्पताल, प्रर्दशनीमार्ग, जनमैंत्री अस्पताल बालाजु, शुभेच्छा अस्पताल थापाथली, नर्भिक अस्पताल थापाथली र नोबेल अस्पताल सिनामंगलबाट पनि खोप दिइराखिएको छ । खोप केन्द्रहरुमा खोप लगाउनेको भीड रहेको छ । सिंहदरवारमा कर्मचारीहरुका लागि सीसीएमसीको कार्यालय परिसरमा खोप दिने व्यवस्था मिलाइएको छ । सीसीएमसीको कार्यालय परिसरमा मंगलवार पनि बिहानदेखि खोप लगाउनेहरुको घुइँचो लागेको छ ।

प्रकाशित मिति: २०७८,माघ,४,मंगलवार १७:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कोभिड–१९ महामारीले हरेक ३० घण्टामा एक जना नयाँ अर्बपति सिर्जना गरेको र २०२२ मा १० लाख मानिसहरू उही

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १४९

काठमाडौं । उत्तर कोरियामा कोभिडका कारण थप ६ जनाको मृत्यु भएको छ । राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले थप २

ताजा समाचार

सेञ्चुरी बैंकको ऋणपत्र बाँडफाँट
 २०७९,जेष्ठ,१०,मंगलवार १८:२४
कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
 २०७९,जेष्ठ,१०,मंगलवार १८:०१