१० जेष्ठ २०७९, मंगलवार

काठमाडौंमा मात्रै ४ हजार ४ जना नयाँ कोरोना संक्रमित, उपत्यकामा कति ?

२०७८,माघ,४,मंगलवार १६:२७

306
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ४ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपुरमा ५ सय ७० र ललितपुरमा ९ सय ७५ जना गरी काठमाडौं उपत्यकामा थप ५ हजार ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २२ हजार ८ सय २८ जनाको परीक्षण गर्दा १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा जम्मा ५ सय ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १७ हजार ५ सय ४७ पुगेको छ ।

देशभर कोरोनाको कारण थप १ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ११ हजार ६ सय २४ पुगेको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ४४ पुगेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

प्रकाशित मिति: २०७८,माघ,४,मंगलवार १६:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । नेकपा एमाले निकट भातृ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवासंघ नेपाल

काठमाडौं । काठमाडौं महानगरकाे २३ वटा वडाको मत गणना सिकएकाे छ । २३ वडाकाे मतगणना सकिँदा १ लाख ५७ हजार

काठमाडौं । यस पटकको स्थानीय तहको निर्वाचनमा धेरै उथलपुथल देखियो । कतै स्वतन्त्र उम्मेदवारको दबदबा देखियो भने कतै राजनीतिक दलमाथि

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने घोषणा गरेको छ । सरकारले आर्थिक वर्ष २०७९/०८०

ताजा समाचार

सेञ्चुरी बैंकको ऋणपत्र बाँडफाँट
 २०७९,जेष्ठ,१०,मंगलवार १८:२४