कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले अब देशमा कानूनी शासन कायम हुने भन्दै कुनैपनि पद र पावरमा बसेर समृद्धिको बाधक बन्नेलाई तह लगाउने चेतावनी दिएका छन् ।
लोकपथ डटकम अनलाईनसँगको अन्तर्वार्तामा उनले सुशासनका लागि अब सरकार प्रतिबद्ध रहेको भन्दै पदमा बसेकै कारण जोगिन्छु भनेर नचिताउन चेतावनी दिएका हुन् ।
नेपालमा समान्य भन्दा सामान्य विषयमा पनि वर्षौसम्म आलटाल गर्ने, नेपाल त हो नी चल्छ भन्ने तथा कुर्सीमा बसेर जोगिने वा कुर्सीमा बसेकाहरुबाट जोगिन्छु भन्ने मानसिकता त्याग्न उनले आग्रह गरेका हुन् ।
मन्त्री तामाङले भने ‘हामीमा नैतिकता हराउँदै गएको छ । तर मजबुत कानूनी राज्य निर्माण आजको आवश्यकता हो । कानूनभन्दा माथि कोहि पनि छैन । ’
न्यून आय भएका तथा राज्यका नीति नियम तह र तप्कासँग पहुँच नभएका नागरिकले पनि समान र समयमा न्याय पाउनुपर्ने भन्दै मन्त्री तामाङले केन्द्र र प्रदेशबिचमा कानूनका कारण जटिलताहरु नरहेको प्रष्ट्याए ।
उनले भने, “२२ वटा कानूनहरु बन्न लागेका छन् ।
असार ११ गतेबाट संघ प्रदेश र केन्द्रबिचको कानूनी जटिलताहरु टुङ्गिनेछन् ।”
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया