थप १० हजार बढीमा कोरोना संक्रमण पुष्टि

लोकपथ
936
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २२ हजार ८ सय २८ जनाको परीक्षण गर्दा १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा जम्मा ५ सय ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १७ हजार ५ सय ४७ पुगेको छ ।

देशभर कोरोनाको कारण थप १ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ११ हजार ६ सय २४ पुगेको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ४४ पुगेको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?