मधेश प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार

लोकपथ
260
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ ।

वीरगञ्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै आन्दोलनकारीको एक समूहले मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुङ्गा प्रहार गरेको हो ।

प्रदेशको राजधानी वीरगञ्जलाई बनाउनुपर्ने माग गर्दै कांग्रेसको वीरगञ्ज महानगर समितिले निकालेको जुलुसले ढुङ्गा प्रहार गरेको र मुख्य राउतको घरको सिसा फुटेको जनाइएको छ ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जुलसमा गएकामध्येका एक युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेको झ्यालमा सामान्य क्षति भएको बताए । उनले भने, ‘ढुङ्गा फ्याल्नेको खोजी गर्ने भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?