१२ जेष्ठ २०७९, बिहीवार

मधेश प्रदेशप्रति असहमति राख्दै जनकपुरमा पुत्ला जलाइयो

२०७८,माघ,४,मंगलवार १५:२७

234
Shares

काठमाडौं । मधेश प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन् ।

२२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन् । ८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको युवा सुशील कर्णले बताए । उनले २२ जिल्लालाई मधेश प्रदेश बनाउनुपर्ने मागसहित मधेश आन्दोलन भएको उल्लेख गर्दै ८ जिल्लालाई मात्रै समेटिएर बनाइएको मधेश प्रदेश मान्य नहुने चेतावनी समेत दिए ।

त्यसक्रममा उनीहरुले मधेसी जनताको पहिचानमाथि नै खेलवाड गर्ने कार्य मधेस केन्द्रित दलहरुबाट भएको आरोप समेत लगाएका छन् । पुतला दहन गरिरहँदा युवाहरुले ‘प्रदेश सांसद मुर्दावाद’, ‘८ जिल्लालाई मात्रै मधेश प्रदेश मान्दैनौं’, ‘पहिचानसहितको मिथिला–भोजपुरा प्रदेश नामाकरण गर’ लगायतका नाराहरु लगाएका थिए ।

यता, प्रदेश सरकारले प्रदेशको नामाकरण मधेस प्रदेश र राजधानी जनकपुर भएको खुसीयालीमा मंगलबार (आज) सार्वजनिक विदा दिएको छ । त्यसैगरी मधेश सरकारले बलिदानी दिवसको अवसरमा भोली (बुधबार) पनि प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

मधेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । सोमबार (हिजो) प्रदेशसभामा भएको गोप्य मतदानपश्चात् प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम भएपछि मधेश सरकारले त्यसको खुशीयालीमा आज सार्वजनिक विदा दिएको हो ।

प्रकाशित मिति: २०७८,माघ,४,मंगलवार १५:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३३

काठमाडौं । देशका ११ वटै उपमहानगरको अन्तिम मतपरिणम सार्वजनीक भइसकेको छ । यस पटक नेपाली कांग्रेस र एमालेले समान ३/३

काठमाडाैं । वीरगञ्ज महानगरमा उपप्रमुख पदमा बढी मत बदर भएको छ । उपप्रमुखमा निर्वाचित भएका नेपाली काँग्रेसका उम्मेदवार इम्तियाज आलमले

लमजुङ । लमजुङको बेँसीसहर नगरपालिकाको कार्यापालिका सदस्यमा आठ उम्मेदवार निर्विरोध चयन भएका छन् । पालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता

ताजा समाचार

फ्रेन्च ओपन : नाडाल तेस्रो चरणमा
 २०७९,जेष्ठ,१२,बिहीवार ११:३४
तालमेलप्रति असन्तुष्ट यादवसँग ओली भेट
 २०७९,जेष्ठ,१२,बिहीवार ११:२१
धानमा दाना नलाग्दा ठोरीका किसान चिन्तित
 २०७९,जेष्ठ,१२,बिहीवार ११:१९
कांग्रेस हुँदै एमालेमा पुग्यो अन्तर्घात
 २०७९,जेष्ठ,१२,बिहीवार ११:००
पाकिस्तानको ‘रेड जोन’मा सेना परिचालन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:५५