चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कामना सेवा विकास बैंकको वित्तीय सूचक कस्ता छन् ?

लोकपथ
52
Shares

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७८–७९ को दोस्रो त्रैमासिकमा सोही वर्षको खुद सञ्चालन आम्दानीको तुलनामा २१ प्रतिशतको वृद्धि दरका साथकरिब १ अरब खुद सञ्चालन आम्दानी गरेको छ ।

यो त्रैमासिक सम्ममा (गत वर्ष करिब २० करोडको हाराहारीमा रहेको) शून्य गैर सञ्चालन आम्दानी भएपनि कर पछिको नाफा (पीएटी) करिब १२ प्रतिशतघटेको छ ।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने ३१.६६ प्रतिशतले बढेर ९० करोड ५९ लाख ६० हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ६८ करोड ८० लाख ८९ हजार रूपैयाँ रहेकाे थियाे ।

बैंकको निक्षेप ४८.९२ अरब पुगेको छ, भने कर्जा ४४.९० अरब पुगेको छ जुन तत्कालको आर्थिक वर्षको तुलनामा क्रमशः १०.६९ प्रतिशत र १०.९८ प्रतिशतले बढेको हो ।

बैंकको पुँजी पर्याप्तता अनुपात १२.३२ प्रतिशत कायम गरेको छ, भने प्रति सेयर आम्दानी २१.८७ रहेका छ । बैंकको हालको चुक्तापूँजी ३.१४ अरब र जगेडा कोषमा ९.६७ करोड रहेको छ । साथै निष्कृय कर्जा अघिल्लो त्रैमासिकमा १.७९ प्रतिशत रहेकोमा यस त्रैमासिक सम्ममा १.७७ प्रतिशतमा घटेको छ । त्यस्तै, बैंकको पीई रेसियो २५.७४, प्रति सेयर नेटवर्थ १३३.०२ र आधार दर ९.२७ प्रतिशत छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?