६ महिनामा आयल निगमको घाटा १९ अर्ब २६ करोड

चालू आर्थिक वर्षमा १२औँ पटक मूल्यवृद्धि,

लोकपथ
143
Shares

काठमाडौं । नेपाल आयल निगमले चालू आर्थिक वर्षको ६ महिनाको अवधीमा १९ अर्ब २६ करोड घाटा व्यहोरेको तथ्यांक सार्वजनिक गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै निगमले सो तथ्यांक सार्वजनिक गरेको हो ।

निगमले ईन्डियन आयल कर्पोरेशनबाट प्रत्येक १५ दिनमा नयाँ मूल्य प्राप्त गर्ने गरेको छ । चालू आर्थिक वर्षको हालसम्मको ६ महिनाको अवधीमा १२औँ पटक नयाँ मूल्य प्राप्त गरेको र जसमा मूल्य वृद्धि भएको छ ।

यदी जनवरी १६,२०२२ मा प्राप्त मूल्य समायोजन नगर्ने हो भने आगामी १२ दिनमा थप २ अर्ब २४ करोड गरी माघ १७ गतेसम्म २१ अर्ब ५० करोड घाटा देखिने निगमको प्रत्यपण रहेको ।

‘यस अनुसार चालू आर्थिक वर्षको पुष मसान्तसम्मको ६ महिनाको अवधिमा निगमले अनुमानित रु.१९ अर्ब २६ करोड घाटा ब्यहोरीसकेको अवस्था छ । यदी जनवरी १६, २०२२ मा प्राप्त नयाँ मूल्य अनुसार निगमले मूल्य समायोजन नगर्ने हो भने आगामी १५ दिनमा निगमले थप रु. २ अर्ब २४ करोड घाटा ब्यहोरी यस आर्थिक वर्षको माघ १७, २०७८ सम्ममा रु. २१ अर्ब ५० करोड घाटा ब्यहोर्नु पर्ने अवस्था देखिन्छ । ’ जारी विज्ञप्तिमा भनिएको छ ।

निरन्ततर घाटामा रहेको निगमले बचतमा रहेको संचिती मुनाफा, मूल्य स्थिरीकरण कोषमा दाखिला गर्नुपर्ने दायित्व रकम, कर्मचारी आवास तथा बोनस लगायत अन्य प्रयोजनमा छुट्टयाई राखिएको रकमबाट ईन्डियन आयल कर्पोरेशनलाई सम्झौता अनुसार भुक्तानी गरी देशभर पेट्रोलियम पदार्थको आपूर्तीलाई सहज बनाइराखेको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?