सिंहदरबारभित्रै पसेर प्रधानमन्त्री कार्यालय अगाडी प्रर्दशन गर्छौँ : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सिंहदरबारभित्रै पसेर प्रधानमन्त्री कार्यालय अगाडी प्रर्दशन गर्ने चेतावनी दिएका छन् । 

सुर्खेतमा प्रहरीले नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि गरेको आक्रमण र धरपकडको विरोध गर्दै उनले आज विज्ञप्ति जारी गर्दै वर्तमान सरकारको रवैया यस्तै रहि रहे सिंहदरबारमा प्रर्दशन गर्ने चेतावनी दिएका हुन् । 

हिजो मिति २०७५ जेठ ३१ गते सुर्खेतमा भएको घटनाका प्रति नेपाली कांग्रेसको गम्भीरतापूर्वक ध्यानाकृष्ट भएको छ । निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीहरुले गरेको प्रदर्शन पश्चात कांग्रेस सुर्खेतकै जिल्ला पार्टी कार्यालयमा समेत प्रहरीले प्रवेश गरी आक्रमण र धरपकड गर्नु सामान्य विषय होइन । जारी विज्ञप्तिमा उल्लेख लेखिएको छ ।  

उनले विज्ञप्तिमा भनेका छन्, सडक पनि लोकतन्त्रमा फरक मत प्रस्तुत गर्ने अभिन्न अंग हो । पञ्चायतकालमा समेत कांग्रेसको कार्यालयभित्रै पसेर प्रहरीले आक्रमण गर्ने घटना भएका थिएनन् । तर, कम्युनिष्ट सरकारको पालामा यस्तो घटना हुनुले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा प्रश्न उठेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?