बलथली (काभ्रे ) । विपद् ब्यवस्थापनका सम्वन्धमा पूर्वतयारी अपनाउन नसक्दा नेपालमा धनजनको ठूलो क्षति हुने गरेको पाइएको छ । त्यसमा पनि प्राकृतिक विपदबाट भन्दा मानव सिर्जित विपदबाट धनजनको बढी क्षति हुने गरेको छ ।
गृहमन्त्रालय विपद ब्यवस्थापन महाशाखाका अनुसार, मानव सिर्जित विपदमा नेपालमा प्रत्येक वर्ष करीव दुईहजारले अकालमै ज्यान गुमाउने गर्छन । करोडौं मूल्यको क्षति हुने गरेको छ ।
प्राकृतिक विपदबाट वर्षमा करिव नौसयको मृत्यु भएको देखिन्छ । मन्त्रालयको तथ्याङ्क अनुसार, आगलागी, दुर्घटना, महामारी, नदीमा डुवेर, बगेर तथा मानवीय त्रुटिका कारण मृत्यु हुनेको संख्या बढी छ ।
नेपालमा भूकम्पका अतिरिक्त, बाढी–पहिरो, हवाई तथा सवारी दुर्घटना, महामारी, आगलागी, चट्याङ, हावाहुरी, असिनापानी, हिमपहिरो, नदीले बगाएर, भीर तथा रुखबाट लडेर, खोच तथा ईनारमा खसेर दुर्घटना हुने गरेका छन् ।
यस्ता प्राकृतिक तथा कृतिम सबै किसिमका विपदबाट सहजै जोगिन सकिन्छ, महाशाखाका प्रमुख सहसचिव केदार न्यौपानेले भन्छन–विपद ब्यवस्थापनको पूर्वतयारीका साथै आम सर्वसाधारणमा यसप्रति सचेतना हुनु प¥यो ।
गृह मन्त्रालयसंगको सहकार्यमा उत्पादनशील विकास केन्द्र (कर्ड ) र एसिया डिजास्टर प्रिपियरनेश सेण्टर (एडीपिसी )द्धारा सञ्चारकर्मीलाई लक्षित तीन दिने प्रशिक्षणमा विपद सम्वन्धी यस्तो तथ्य सार्वजनिक गरिएको हो ।
विपदका लागि नेपाल एसियामैै उच्च जोखिममा रहेकाले विपद हुन नदिन तथा भएपनि त्यसको सहज ब्यवस्थापन प्रमुख आवश्यकता भएको औल्याइएको छ । यसका लागि कानुनी सुधार र नीतिगत निर्णयसंगै पूर्वतयारी सम्वन्धी जनचेतना फैलाउनु पर्ने देखिएको छ ।
प्राकृतिक तथा कृतम विपद ब्यवस्थापन गर्न केन्द्रदेखि स्थानीय तहसम्म पूर्वतयारीका विषयमा सवैमा सचेतना तथा जागरुपता ल्याउन अत्यावश्यक रहेको प्रशिक्षणमा सहभागी प्रशिक्षक तथा प्रशिक्षार्थी सञ्चारकर्मीहरुले बताएका हुन ।
‘रिपोर्टिङ अन डिजास्टर रिस्क म्यानेजमेण्ट’ विषयमा सञ्चालित उक्त प्रशिक्षणमा विपद ब्यवस्थापनको पूर्वतयारीका विषयमा सञ्चारकर्मी सचेत हुँदा केन्द्रदेखि स्थानीयतहसम्म सचेतना फैलाउन सकिने अपेक्षा गरिएको छ ।
विपद ब्यवस्थापन विज्ञ मान थापाले विपदको जोखिमबाट बच्न हामी सबै नागरिक सचेत हुन आवश्यक रहेको औल्याउनुभयो ।
आमसर्वसाधारणमा विपद भन्ने वित्तिकै भूकम्प र बाढी–पहिरोमात्र भन्ने बुझाई छ, उनले भने– नेपालमा मानव सिर्जित कृतिम र प्राकृति दुवै किसिमका विपदहरुबाट ठूलो क्षति हुने गरेको छ ।
जापान, माल्दीप्स, इन्डोनसिया, थाइल्याण्ड र बंगलादेश लगायत विभिन्न मुलुकहले भोगेको विपदका घटनाहरुको चर्चा गर्दै, उहाँले थप्नुभयो–विपद ब्यवस्थापनमा पूर्वतयारीको सम्वन्धा सरकार र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको छ ।
विपदको विषयमा सञ्चारकर्मीहरु पनि सचेत तथा जानकार भइदिदाँ सरकारी तथा गैरसरकारी नियकाले विपद ब्यवस्थापनका लागि अगाडि सारेका नीति तथा कार्यक्रमहरु सर्वसाधारणसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा उहाँले राख्नुभयो ।
विपद ब्यवस्थापनमा क्रियाशील गैरसरकारी संस्थाहरुको अनुसार, भूकम्प, हावाहुरी, असिनापानी, हिमपहिरो बाहेक सबै मानव निर्मित विपदको क्षतिमा आमूलपरिवर्तन गर्न सकिन्छ ।
त्यस्तैं, प्राकृतिक विपद रोक्न सक्ने सम्भावना नभएपनि क्षतिकम हुने गरी पूर्वतयारी गर्न सकिन्छ । कृतिक विपद मानवले नै निम्त्याएको विपद हो यस्लाई सहजै रुपमा नियन्त्रण गर्न सकिने दावी विज्ञहरुको छ ।
विपद जोखिम न्यूनिकरण गर्न सरकारले विपद जोखिम न्यूनकिरण तथा ब्यवस्थापन ऐन–२०७४ जारी गरिसकेको छ । सोही ऐनले राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा ब्यवस्था प्राधिकरण गठन गर्ने ब्यवस्था गरेको जानकारी पनि प्रशिक्षणका क्रममा दिएको थियो ।
यो ऐनको कार्यान्वयनसंगै विपद ब्यवस्थापनमा सञ्चारकर्मीदेखि गृह मन्त्रालय, रक्षा मन्त्रालय, भौतिक योजना तथा पूर्वाधार, स्वास्थ्य, वातावरणसंग सम्वद्ध सबै मन्त्रालयबीच समन्वय अनिवार्य गरिएको छ ।
प्रशिक्षणका मुलुकभरमा ३० जना भन्दा बढी सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । विपद ब्यवस्थापनको क्षेत्रमा क्रियाशील पाकिस्तानी सञ्चारकर्मी विद्या रानाले विपद सम्वन्धि समाचार सम्प्रेषण तथा सम्पादन सम्वन्धी सूचना मुलक सामाग्री प्रस्तुत गरेकी थिइन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया