स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

लोकपथ
962
Shares

रौतहट । स्रोत नखुलेको नगदसहित उक जना पक्राउ परेका छन् ।

बौधीमाई नगरपालिका-७ बाट स्रोत नखुलेको नगद ३ लाख ६८ हजार ६ सय रुपैयाँसहित भारत बिहार मोतिहारी थाना घोडासहन बस्ने १९ वर्षीय यसराज जयसवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

नेपालतर्फ आउदै गरेको बीआर ०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी मोटरसाइकल चालक जयसवाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?