वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमति, मन्त्रिपरिषद्ले मिति तोक्ने

लोकपथ
455
Shares

काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ ।

विभिन्न एजेण्डाहरुसहित छलफल गर्न डाकिएको बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाखमा गर्ने सहमति भएको छ भने उक्त सहमति कार्यान्वयनको लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बैठकमा सहभागी एक नेताले लोकपथलाई जानकारी दिए ।

ती नेताका अनुसार आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति तोक्नेछ ।

त्यस्तै बैठकमा राष्ट्रियसभाको निर्वाचन र कोरोना रोकथाम तथा नियन्त्रणको विषयमा समेत छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?