भक्तपुर । भक्तपुरको मध्यपुरथिमि–४ राधेराधेस्थित इजी वे ट्रायल सेन्टरबाट चारपांग्रे सवारीसाधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आएका एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालीकोट गेला–६ बस्ने २८ वर्षीय दीपेन्द्र शाही रहेका छन् । उनले कालीकोटकै गेला–४ का सरोज ढकाललको नागरिकतामा आफ्नो फोटो टाँसी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिन आएका थिए ।
प्रहरीले शाहीको कोठामा खानतलासी गर्दा एसर कम्पनीको ल्यापटप एक थान, प्रिन्टर एक थान, स्ट्याम्प प्याड तीन थान, सहायक अधिकृत लेखिएका छाप एक थान, कर्णाली काठमाडौं सार्वजनिक यातायात व्यवस्था समिति, एकान्तकुना, ललितपुर लखिएका छाप एक थानका साथै विभिन्न मानिसका नामको २३ पानाको सवारी चालक बनाउन प्रयोग हुने कागजपत्र लगायत नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था कार्यालय, यातायात व्यवस्था विभाग, यातायाथ व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, बाग्मती, एकान्तकुना, ललितपुर लेखिएको छाप एक थान क्यालकुलेटर एक थान बरामद गरेको छ ।
महानगरिय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेका अनुसार रातो मसीले लेखिएको विभिन्न मानिसको नाम भएको रगतको समूह छुट्याउने पेपर एक थान, विभिन्न मानिसको नामको यातायात व्यवस्था कार्यालयको नगदी रसिद चार थान, स्क्यानर तथा फोटोकपी मेशिन एक थान, सवारीसाधनसम्बन्धी कागजात भएको रेकर्ड एक थान, लेमिनेसन मेशिन एक थान, विभिन्न जिल्लाबाट विभिन्न व्यक्तिको नाममा जारी गरिएको नागरिकता १४ थान, यातायत व्यवस्था कार्यालयको नगदी रसिद १६ थान, विभिन्न मानिसका नामको हिसाबकिताब लेखिएको रजिष्टर, प्रमुख जिल्ला अधिकारी लेखिएको पत्र, छापसहित कम्प्यूटर पेपर १०५ पाना, नागरिकता तथा लाइसेन्स बनाउन प्रयोग हुने सेतो पेपर तीन थानसमेत बरामद भएको छ ।
शाहीलाई सरकारी छाप कीर्ते कारबाहीमा अघि बढाइने प्रनि पाण्डेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया