नारायणहिटीपछि बतासलाई अर्काे झट्का

लोकपथ
0
Shares

काठमाडौं । सरकारद्वारा गठित छानबिन समितिले पशुपति धर्मशालामा होटल सञ्चालनका लागि बतास अर्गनाइजेसनसँग गरिएको सम्झौता गैरकानुनी भएको भन्दै खारेज गर्न सिफारिस गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठन गरेको छानबिन समितिले मिलेमतोमा धर्मशालालाई होटल सञ्चालन गर्ने सम्झौता गैरकानुनी रूपमा गरिएको भन्दै तत्काल खारेज गर्न सिफारिस गरेको हो ।

अहिले बतास अर्गनाइजेसनले सो धर्मशाला भाडामा लिएर चर्को शुल्क लिएर होटल सञ्चालन गरिरहेको छ । नारायणहिटी दरबार संग्रहालय प्रकरणपछि बतास अर्गनाइजेसनले भाडामा लिएको पशुपति धर्मशालाको विवाद चर्किएको थियो । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?