मधेश प्रदेशमा आज सार्वजनिक बिदा

लोकपथ
35
Shares

काठमाडाैं। मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । सोमबार प्रदेशसभाबाट जनकपुरधाममा राजधानी र नाम मधेश प्रदेश कायम भएपछि खुसीयालीमा सरकारले बिदा घोषणा गरेको हो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा बहुमत पुगेको थियो । भोटिङमा केही सांसदले फ्लोर क्रस समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?