सत्ता गठबन्धनकाे बैठक बस्दै, स्थानीय तहकाे निर्वाचन मुख्य एजेण्डा

लोकपथ
203
Shares

सत्तारूढ पाँच दलीय गठबन्धनकाे बैठक आज मंगलबार बस्दैछ ।

स्थानीय तहकाे निर्वाचन मुख्य एजेण्डा रहेकाे बैठक बिहान प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्ने लागेकाे हाे । त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्काे गतिराेध अन्त्यका विषयमा छलफल हुनेछ ।

निर्वाचन आयाेगले स्थानीय तहकाे निर्वाचनकाे मिति घाेषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि शंसय बढेकाे छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खाेजिएकाे आराेप लगाएकाे छ ।

साेमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?