१४ मङ्सिर २०८०, बिहीवार

प्रभु साह रौतहट–३ बाट चुनाव लड्ने

२०७४,आश्विन,२५,बुधबार १७:१७

9
Shares

रौतहट, २५ असोज ।सहरी विकास मन्त्री तथा नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य प्रभु साह रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन ।नेकपा माओवादी केन्द्र रौतहटले प्रतिनिधि सभाको क्षेत्र नम्बर ३ को उम्मेदवारमा साहलाई सिफारिस गरेको हो । यस्तै रौतहटकै क्षेत्र नम्बर १ बाट सत्यनारायण भगत, २ बाट अशोक जयसवाल र ४ बाट देवेन्द्र पटेलको नाम सिफारिस गरिएको छ ।रौतहटमा प्रतिनिधि सभाको लागि ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । आज बसेको माओवादी केन्द्रको जिल्ला कार्यालय बैठकले आफ्ना उम्मेदवारहरु पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको हो ।त्यसैगरी प्रतिनिधिसभा समानुपातिक तर्फ राजकिशोर यादव, बहिद अन्सारी, हरी पौडेल र बीर बहादुर गोलेलाई सिफारिस गरेको माओवादी केन्द्र रौतहटका नेता युवराज भट्टराई ‘समिर’ले बताए ।माओवादी केन्द्रले हालै भएको बाम गठबन्धनलाई समेत लक्षित गरी आफ्ना उम्मेदवार उठाएको छ । प्रदेश सभाको लागि प्रत्येक निर्वाचन क्षेत्रमध्य एकमा आफ्ना उम्मेदवार सिफारिस गरेको छ भने अर्कोमा एमालेलाई छुट्याएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार १७:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८