१. नेपालमा सोमबार थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, ५ सय ४७ जना संक्रमणमुक्त हुँदा ३ जनाको मृत्यु, काठमाडौं उपत्यकामा मात्रै २ हजार ९ सय ४३ संक्रमित थपिए ।
२. दुई तिहाइभन्दा बढी मतसहित प्रदेश २ को स्थायी राजधानी जनकपुर तोकियो, आजै भएको मतदानमा प्रदेशको नाम ‘मधेस’ कायम ।
३. प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जनतालाई सुसूचित गराउने ।
४. पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न सिफारिस, सम्झौता गैरकानुनी र मिलेमतोमा भएको छानबिन समितिको ठहर ।
५. कोभिड–१९ विरुद्धको खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको स्वास्थ्यमन्त्री विरोध खतिवडाको भनाइ, खोप अभियान सातवटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने तयारी ।
६. सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गरिन् आफ्नो कार्यकालको १०० दिनको समीक्षा, मन्त्रालयमा नीतिगत सुधारको कामलाई प्राथमिकता दिएर काम गरिरहेको दाबी ।
७. श्रममन्त्री कृष्णकुमार श्रेष्ठले गरे कार्यभार सम्हालेको १ सय दिनको समीक्षा, श्रम क्षेत्रमा भएको समस्याको समाधान गर्न, वैदशिक रोजगार व्यवस्थित गर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत आधार तयार गरेको दाबी ।
८. ग्रामीण क्षेत्रका जनताले सर्वसुलभ दूरसञ्चार सेवा पाउनुपर्ने अधिकारको सुनिश्चितता गर्नुपर्नेमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको जोड, दूरसञ्चारबाट नागरिक वञ्चित हुने अवस्था आउन नदिने गरी काम गर्न टेलिकमलाई निर्देशन ।
९. २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम रद्द गर्न मातहतलाई एमालेको निर्देशन, सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई जनताको सेवामा जुट्न आग्रह ।
१०. चालू आर्थिक वर्षको पुस मसान्तसम्म ४५ दशमलव ९१ प्रतिशत राजस्व संकलन, अघिल्लो वर्षको तुलनामा वित्तीय खर्च करिब दोब्बरले बढ्यो ।
११. नेपाली सेयर बजारको उकालो यात्रा कायमै, नेप्से परिसूचक २० दशमलव ६९ अंकले बढ्दा ७ अर्ब ९० करोडको कारोबार, हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण ।
१२. कोरोनाको असर कम गर्ने जीन पत्ता लागेको स्वीडेनका वैज्ञानिकहरुको दाबी, उक्त जीनले कोभिड संक्रमणपछि देखिने गम्भीर असर २० प्रतिशतले कम गर्ने ।
१३. सिरियामा द्वन्द्व तथा खडेरीका कारणले खाद्य संकट, चीनद्वारा ४ हजार टन चामल सहयोग ।
१४. ‘प्रधानमन्त्री कप टी–ट्वान्टी’ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको खेलमा नेपाल पुलिस क्लब विजयी, प्रदेश १ छ विकेटले पराजित ।
१५. र, नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण भोलिबाट सुरु हुँदै, मरिससविरुद्धको मैत्रीपूर्ण खेलको तयारीका लागि प्रशिक्षणमा ३५ खेलाडी डाकियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया