काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थपिएका कुल संक्रमितको आधा भन्दा बढी काठमाडौं उपत्यकामा मात्रै रहेका छन् ।
पछिल्लो २४ हजार काठमाडौंमा मात्रै २ हजार ९ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भक्तपुरमा २०१ र ललितपुरमा ७ सय ९५ जना गरी कुल ३ हजार ९ सय ३९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको ५८ दशमलव ४९ प्रतिशत हो ।
काठमाडौंमा हाल १३ हजार ९ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म काठमाडौंमा २ लाख ५४ हजार ८ सय २१ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । त्यस्तै काठमाडौंमा हालसम्म २ हजार २ सय ४४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।
त्यस्तै भक्तपुरमा हालसम्म कोरोनाका कारण ४ सय ३८ जनाले ज्यान गुमाएका छन् भने २९ हजार ६ सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । भक्तपुरमा हाल १ हजार ८ सय ४६ जना सक्रिय संक्रमित रहेका छन् । भने ललितपुरमा हालसम्म ५० हजार ५ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ७ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै ललितपुरमा कोरोनाका संक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ५५ रहेको छ ।
त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ४ सय ६५ जनामा परीक्षण गर्दा १४ हजार १४ जनाको पीसीआर र ३ हजार ४ सय ५१ जनामा एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १६ हजार ९ सय ८५ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।
पछिल्ला केहीदिन यता नेपालमा कोरोना संक्रमणको जोखिम बढेकाले सक्रिय संक्रमितको संख्यामा समेत वृद्धि भएको छ । हाल नेपालमा ३० हजार ७ सय ८८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया