काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कार्यभार सम्हालेको १ सय दिनको समिक्षा गरेका छन् ।
मन्त्री श्रेष्ठले आज विज्ञप्ति जारी गरी सो बारेमा जानकारी गराउँदै श्रम क्षेत्रमा भएको समस्याको समाधान गर्न, वैदशिक रोजगार व्यवस्थित गर्ने र आन्तरिक रोजगारका अवसर सिर्जना गर्न नीतिगत, कानुनी र संरचनागत सुधारमार्फत व्यवस्थित गर्ने आधार तयार गरेको बताएका छन् । साथै आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि वैदेशिक रोजगारीमा व्याप्त बेथिती हट्ने आशा जागेको उनले उल्लेख गरेका छन् ।
त्यसैगरी वैदेशिक रोजगारका क्षेत्रमा बेथिति हटाउने, काम, पारिश्रमिक तथा सेवासुविधाका हिसावले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुकहरु पहिल्याउने ती मुलुकहरुसँग श्रम सम्झौताको पहल गर्ने, यस क्षेत्रमा गरिएको नयाँ थालनीले श्रम, रोजगारी र सामाजिक सुरक्षाका क्षेत्रमा तरंग ल्याएको समेत विज्ञप्तिमा उल्लेख छ ।
पूर्णपाठ हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया