सेयर बजारको उकालो यात्रा कायमै : २०.६९ अंकले बढ्यो नेप्से, पाैने ८ अर्बको कारोबार

लोकपथ
507
Shares

काठमाडौं । नेपाली सेयर बजारको उकालो यात्राले आज पनि निरन्तरता पाएको छ । आइतबार ६९ अंकले बढेको सेयर बजारले आज पनि बढोत्तरीको यात्रालाई कायम गरेको हो।

आज सेयर कारोबार मापक नेप्से परिसूचक २०.६९ अंकले बढेर २९४७.३८ बिन्दुमा पुगेको छ । आज नेप्से ०.७१ प्रतिशतले बढेको हो ।

यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३.७० अंकले बढेर ५४६.३३ बिन्दुमा पुगेको छ ।

यस दिन २२४ कम्पनीको एक करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमा ८ वटा उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ५ वटा समूहको सेयर मूल्य घटेको हो । यस दिन हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

आज मध्यभोटेकोशी जलविद्युत कम्पनी, सनराइज ब्लुचिप फण्ड, सिंगटी हाइड्रो इनर्जी, सीईडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआरएन इन्फ्रास्टक्चरलगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

अरुण भ्याली हाइड्रोपावर, अपि पावर कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर, नेपाल टेलिकम, शिवम् सिमेन्ट लगायत कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?