प्रदेश २ को बैठकमा पत्रकारलाई रोक, ‘क्यामेरा डाउन’ गरेर विरोध

लोकपथ
52
Shares

काठमाडौं । प्रदेश नं २ को प्रदेशसभामा समाचार संकलनमा रोक लगाएपछि सञ्चारकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।

आज बसेको प्रदेशसभाको बैठकबारे समाचार संकलनका लागि पुगेका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुलाई स माचार संकलनमा रोक लगाइएको थियो । त्यसलगत्तै पत्रकारहरुले क्यामेरा डाउन गरेर विरोध जनाएका हुन् ।

सोमबार दिउँसो प्रदेश २ को स्थायी राजधानी जनकपुर बनाउनुपर्ने भन्ने प्रस्तावमा मतदान सुरु भएको छ । प्रदेश नं २ को स्थायी राजधानीका लागि २ तिहाइ बहुमत आवश्यक हुन्छ । जसअनुसार प्रदेश नं २ मा भएका १०४ जना सांसदहरुमध्ये उक्त प्रस्तावको पक्षमा ७० जना सांसदहरुले मतदान गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?