प्रदेश नं २ : स्थायी राजधानी जनकपुरका लागि मतदान सुरु

लोकपथ
234
Shares

काठमाडौं । प्रदेश नं २ को स्थायी राजधानी जनकपुरधाम हुने प्रस्तावका लागि मतदान प्रक्रिया सुरु भएको छ ।

सोमबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा विभिन्न राजनीतिक दलहरुले संयुक्त रुपमा प्रस्ताव पेश गरेका थिए । सो पछि सभामुख सरोज यादवले मतदान प्रक्रियाबाट अघि बढ्नुपर्ने बताएका थिए ।

कानुनतः स्थायी राजधानीका लागि दुई तिहाइ मतको अवाश्यक रहन्छ । हाल प्रदेश सभामा १०४ जना सांसद रहेका छन् । जसम्मध्ये स्थायी राजधानीका लागि ७० जना सांसदले मतदान गर्नुपर्ने हुन्छ ।

प्रदेश सभामा सांसदहरु परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गरेपछि मतदान प्रक्रिया सुरु भएको हो ।

हाल प्रदेशको अस्थायी राजधानी जनकपुरलाई नै मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?