लेखु सहयात्री र मेलिना राईको ‘भकारी’मा नाजिर र गरिमाको रोमान्स

लोकपथ
585
Shares

काठमाडौं । भावसागर इन्टरटेन्मेन्टकको प्रस्तुतिमा ‘भकारी’ सार्वजनिक भएको छ ।

नेपाली आधुनिक र चलचित्रका गीतमा चर्चित गीतकार तथा संगीतकार लेखु सहयात्री र मेलिना राईको आवाजमा रहको भकारी बोलको गीत सोमबार सार्वजनिक भएको हो ।

रमाइलो किसिमको मायाप्रेमसँग सम्बन्धित गीत भकारीमा अहिलेका चर्चित मोडल नाजिर हुसेन र गरिमा शर्मालाई देख्न सकिन्छ ।

गीतकार अम्बिका गुरुङको शब्दलाई कोशिश क्षेत्रीले संगीत भरेका हुन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।

शान थापाकाे निर्देशनमा रहेको गीतलाई बुद्ध थापाले खिचेका हुन् । भावसागर इन्टरटेन्मेन्ट युट्युब च्यानलमा भकारी हेर्न र सुन्न सकिनेछ ।

भिडियाे हेर्नुहाेस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?