देशको विभिन्न स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

लोकपथ
63
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१ स्थित सडकमा क.प्र.०२-००१ प ८९५० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका(२ बस्ने ६० वर्षीया नन्दाकली कडेलको आइतबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको माया नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी सर्लाही, गोडैता नगरपालिका(४ रोहुवास्थित सडकमा ऊखु लोड गरी महालक्ष्मी सुगर प्रालि बग्दह चिनी मिलतर्फ जादै गरेको ना.७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टर चालक सोही नगरपालिका-५ बस्ने रौतहट बृन्दावन नगरपालिका-७ धमौरा घर भएका १८ वर्षीय आसिर मंसुरको आइतबार राति मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल मंलगवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै कैलाली, लम्कीचुहा नगरपालिका-४ लियास्थित सडकमा से.६ प ८७८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ मेलडाड बस्ने ५५ वर्षीया मनसरा न्यौपानेको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लम्कीचुहा अस्पताल भल्का हुँदै मेडिकल कलेज कोहलपुर नेपालगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?