यसकारण प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने

लोकपथ
6.7k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।

पछिल्लो समय नेपालमा बढिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जनतालाई सुसूचित गराउन प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भए पनि मिति र समय भने नतोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार मुख्यतः बढिरहेको कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारको पहल र जनतालाई सुसूचित गराउने विषयमा हुनेछ ।

‘मिति र समय तोकिएको छैन । मुख्यतः कोरोना रोकथाम तथा नियन्त्रणको विषयमा सरकरको पहल र जनतालाई सुसुचित गराउने विषयमा प्रधानमन्त्रीले आफ्नो धारणा राख्नुहुने कार्यक्रम तय भएको छ । सम्भवत भोलि या पर्सी सम्बोधन हुनेछ । ’

गत असार २९ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेका देउवाले आफूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लाग्ने बताएका थिए । संसदमा विश्वासको मत लिँदै देउवाले आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता ‘खोप, खोप, खोप’ रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?