फायरिङ अभ्यास निरीक्षण

काठमाडौँ – प्रधानसेनापति राजेन्द्र क्षत्रीले आज धनुषाको भिमानमा सञ्चालित एयर डिफेन्स फिल्ड फायरिङ अभ्यासको निरीक्षण गर्नुभएको छ । 

निरीक्षणकै क्रममा उहाँले अभ्यास इलाकाको स्थलगत वस्तुस्थिति र बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्दै यस्तो अभ्यासले फौजको पेशागत ज्ञान तथा दक्षता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?