१० जेष्ठ २०७९, मंगलवार

सिटिजन लाइफको ब्राण्ड एम्बेसडरमा महजोडीको निरन्तरता

२०७८,माघ,३,सोमवार १०:२७

90
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दुत (ब्राण्ड एम्बेसडर) मा कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापना काल देखी नै ब्राण्ड एम्बेसेडरको रुपमा महजोडी सिटिजन लाइफसँग आवद्ध थिए ।

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि ब्राण्ड एम्बेसडर महजोडीले सिटिजन लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिनेछन् ।

हस्ताक्षर समारोहमा कलाकारद्वय श्रेष्ठ र आचार्यले नेपालीहरुको जीवन बीमा गराएर उनीहरुको जीवन सुनिश्चित गरि पुण्यको काम गर्ने, सरल तथा सुलभ सेवा पु-याउन र नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी सिटिजन लाइफ इन्स्योरेन्स जस्तो संस्थाको ब्राण्ड एम्बेसडर हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताउँदै जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पर्‍याई सबैभन्दा विश्वासिलोे र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्धेश्यमा सधैँ साथ दिने प्रतिवद्दता जनाए ।

यसै क्रममा व्यवसायिक करोवार शुरुवात गरेको छोटो समयमानै देशभर स्थापना गरिएका १४० भन्दा बढी शाखा र उपशाखा कार्यालयहरु मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेकामा सिटिजन लाइफलाई बधाई दिनुभयो साथै देशभरी रहेका सिटिजन लिडरहरुले बीमा दुतको रुपमा समाजमा पर्‍याएको योगदानको कदर गर्दै सम्पुर्णलाई धन्यवाद पनि व्यक्त समेत गरेका छन् ।

प्रकाशित मिति: २०७८,माघ,३,सोमवार १०:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन्। ढुंगाना आउँदो असार १७ लागू हुने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज (जेठ ९ गते)देखि कावासोती नगरपालिका वडा नं.

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेतस्थित सुर्खेत हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ

काठमाडौं । भोलि (सोमबार) नेपाल राष्ट्र बैंकले पुनः २७ अर्ब २० करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको

ताजा समाचार

पचरौता नगरपालिकामा एमाले विजयी
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२५
सरकारले सिंहदरबारलाई चिटिक्क बनाउने !
 २०७९,जेष्ठ,१०,मंगलवार १७:२१
हुम्लामा २१ प्रतिशत मत बदर
 २०७९,जेष्ठ,१०,मंगलवार १७:१२
सरकारले हराएका सम्पदाहरु खोज्ने
 २०७९,जेष्ठ,१०,मंगलवार १७:०३