पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी सुन तस्करीमा मुछिए

लोकपथ
0
Shares

नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी सुन तस्करी प्रकरणमा मुछिएका छन् । पर्यटन मन्त्रालयले गरेको छाननिका क्रममा उनी एउटा पुरानो मुद्दामा दोषी ठहर भएको पाइएको हो ।

२०७४ साल पुस ७ गते कतार एयरलाइन्सको विमानमार्फत नेपाल आउँदा उनी सुनसहित पक्राउ परेको विमानस्थल भन्सार कार्यालयले मन्त्रालयलाई पठाइएको पत्रमा उल्लेख छ ।

कार्यालयले पुस ३० गते पठाएको पत्रमा कतार एयरलाइन्सको विमानबाट नेपाल आउँदा उनले विस्कुट आकारको ३ थान सुन ल्याएको र त्यसमा ३० गा्रम अवैध भएपछि पक्राउ परेको उल्लेख गरिएको छ ।

सो प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०७४ पुस ७ गते मुद्दा दर्ता गरेको थियो । यस्तै अदालतले ०७७ भदौ २१ मा मुद्दा फैसला गर्दा कसुर ठहर भइ सुन जफतसहित १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना भएको भन्सारले जानकारी गराएको पत्रमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?