सरकारले गरेको चरम मुल्यवृद्दिको बिरोधमा नेपाली काङ्ग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श क्याम्पसले संयुक्त रुपमा प्रधानमन्त्री के पि शर्मा ओलिको पुत्ला दहन गरेको छ ।
विद्यार्थीको विरोध रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएपनि आक्रोशित भिडले प्रधानमन्त्रीको पुत्ला दहन गरेको ने बि संघ ग्रामीणका विद्यार्थी नेता राजेन्द्र फुयालले बताउनुभयो ।
मुल्यवृद्दिको बिरोधमा आन्दोलन गर्दै आइरहेको नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थ, ईन्टरनेट लगायतको क्षेत्रमा गरेको मुल्य वृद्धिको बिरोधमा र्याली, मसाल जुलुस, पुत्ला दहन, कोण सभा गरी दबाब दिइरहेको छ ।
जायज मागको सम्बन्धमा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै आक्रोशित भएको ने बि संघले सरकार लाई घुडा टेकाएरै छाड्ने चेतावनी समेत दिएको छ।
बिरोध कार्यक्रममा नेबि संघ एन.आर का नेता परोपकार अधिकारी, नेपाल बिध्यार्थी संघ रसुवा जिल्ला उपाध्यक्ष सन्तोस अधिकारी ,शुसान्त सिटौला तथा ग्रामीण ने बि संघका विद्यार्थी नेताहरु, सुबास अधिकारी, राजेन्द्र फुयाल, बिक्रम अधिकारी लगायत अन्य नेता तथा कार्यकर्ताको सहभागिता रहेकोे थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया