१२ जेष्ठ २०७९, बिहीवार

११ केजी चाँदीसहित एक भारतीय पक्राउ

२०७८,माघ,२,आईतवार २०:१३

63
Shares

बारा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका–१ बाट आज ११ केजी चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार जिल्ला मोतीहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्तालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको हो ।

वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको ना३३प ८५२६ नंको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उक्त मोटरसाइकलको तेल ट्याङ्कीको भित्र फल्स बटन बनाई सोहीभित्र लुकाइछिपाइ राखिएको उक्त चाँदी बरामद गरिएको थियो ।

इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले रु १२ लाख ४२ हजार ९७३ मूल्य बराबरको ११ किलो ५०० ग्राम चाँदीको तयारी पाउजु, बाला, चाबी रिङ, बुट्टी तथा कल्लीलगायत तयारी गहना फेला परेका हो । बरामद तयारी गहनासहित पक्राउ परेका मोटरसाइकल चालक गुप्तालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७८,माघ,२,आईतवार २०:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले पहिलो पटक पार्टीले निर्वाचनमा पराजय बेहोर्नुको कारणमध्येमा ‘अन्तर्घात’ पनि भएको निष्कर्ष निकालेको छ । यसअघि पराजय

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार्यालय समयमा भेटघाट नगर्ने भएका छन् । उनले नागरिकसँग भेटघाटका लागि बिहानको समय

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पीटीआई नेता इमनरान खानले नेतृत्व गरेको जुलुसका कारण बढ्दो अशान्ति नियन्त्रण गर्न भन्दै प्रधानमन्त्री शेहबाज

चितवन । यस पटकको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)बीच प्रतिस्पर्धा भयो । केही पालिकामा एमालेले राप्रपालगायतका

ताजा समाचार

कांग्रेस हुँदै एमालेमा पुग्यो अन्तर्घात
 २०७९,जेष्ठ,१२,बिहीवार ११:००
पाकिस्तानको ‘रेड जोन’मा सेना परिचालन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:५५
काठमाडौं महानगर-१३ मा एमाले विजयी
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४९
कभी इद कभी दिवालीमा जगपति भिलेन
 २०७९,जेष्ठ,१२,बिहीवार १०:४४
चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने
 २०७९,जेष्ठ,१२,बिहीवार १०:३६