हतियारसहित एक युवक पक्राउ

लोकपथ
65
Shares

प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय पङ्कजकुमार महतो रहेको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा हतियार लुकाइछिपाइ राखेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले एक थान म्याग्जिनसहित महतोलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ । पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?