आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
234
Shares

१. आइतबार थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि, ४ सय ३५ जना संक्रमणमुक्त हुँदा ३ जनाको मृत्यु, सक्रिय संक्रमित २५ हजार नाघे ।

२. माघ १५ गतेसम्म सिनेमा हल, डान्स बार र जिम खाना सञ्चालनमा रोक लगाउने मन्त्रिपरिषदको निर्णय, सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एकपटकमा २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने ।

३. नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई नेपाल सरकारको आग्रह, नेपाल–भारतबीचको सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न सरकार प्रतिबद्ध ।

४. प्रधानन्यायाधीशविरुद्ध छानबिन गर्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा दरपीठ, जबराविरुद्धको रिट सर्वोच्च अदालतको क्षेत्राधिकारमा नपर्ने ।

५. राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित, कोरोनाको कारण देखाउँदै प्रतिनिधिसभा बैठक पनि माघ १६ गतेका लागि सारियो ।

६. विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको गृहमन्त्री बालकृष्ण खाँणको भनाइ, भौतिक पूर्वाधार भूकम्प प्रतिरोधी बनाउन जरुरी रहेको प्रतिक्रिया ।

७. आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित अनलाइनबाटै फाराम भर्न सकिने

८. पर्यटनमन्त्री प्रेम आलेद्वारा पशुपति परिसरमा बनाइएको धर्मशाला निरीक्षण, कतिपय काम अनुमतिबिना गरेको निष्कर्ष ।

९. आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिइदै, पहिलो चरणमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई लगाइदै ।

१०. महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार भनाइ, आगामी निर्वाचनमा पार्टी एकढिक्का भएर लाग्नुपर्ने धारणा व्यक्त ।

११. साताको पहिलो कारोबार दिन आज सेयर बजारमा उछाल, नेप्से ४ महिना यताकै उच्च विन्दुमा, साढे ९ अर्बको कारोबार ।

१२. चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्दको खोप, बाँकी रहेका नागरिकलाई पनि खोप लगाउन चिनियाँ सरकारको आग्रह ।

१३. भारतमा तीब्र रुपमा फैलंदै कोरोन संक्रमण, महाराष्ट्रमा मात्रै कोरोनाका कारण हालसम्म एक लाख ४१ हजार बढीको मृत्यु, ७ हजार ७ सय ४३ जनामा ओमिक्रोन संक्रमण पुष्टि ।

१४. च्यासल युथ कल्बका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि, पुलिस र च्यासलविरुद्दको खेल स्थगित ।

१५. र सुपर कप अन्तर्गतको फाइनल खेलमा आज रियल मद्रिड र एथलेटिक कल्ब भिड्दै, दुवै टिम एक अर्कालाई हराएर उपाधि उचाल्ने दाउमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?