मेलिना राईको ‘फूलहरू मगमग’मा मोडल सृजना (भिडियाेसहित)

लोकपथ
91
Shares

काठमाडाैं । लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरू मगमग’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बेलायतका रमणीय स्थानहरूमा छायाङ्कन गरिएको भिडियोमा मोडल तथा भ्लगर सृजना निङ्लेखुले अभिनय गरेकी छन् ।

सार्वजनिक भिडियोमा मज्जाले खुलेकी सृजनाले आफूलाई प्रकृतिसँग तुलना गर्दै आफ्नो सुन्दरताको वर्णन आफैँ र आफ्नो भावना प्रकृतिसँग पोखेकी छिन् ।

कन्चन थलङ लिम्बुको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोलाई एक दशकभन्दा लामो समयदेखि बेलायतमा रहँदै आएका सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोमा निर्देशक श्रेष्ठकै छायाङ्कन र सम्पादन रहेको छ ।

प्रवासबाट सर्वाधिक धेरै र स्तरीय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्रको समेत छायाङ्कन गरेका छन् । उक्त म्युजिक भिडियोलाई युट्युब च्यानल सृजना निङ्लेखुबाट सार्वजनिक गरिएको छ ।

कलाकारितामा १ दशकभन्दा बढी समय बिताइसकेकी सृजनाले कल्चरल म्युजिक भिडियोबाट कलाकारिता यात्रा सुरु गरेकी हुन् । उनले रङ्गकर्मी तथा अभिनेता अनुप बरालसँग अभिनय कला सिकेका कारण अनुपलाई गुरु मान्छिन् ।

रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको रूपमा लामो अनुभव बटुलिसकेकी सृजनालाई थिएटर, भ्लग हुँदै व्यवसायसम्मको अनुभव छ । व्यस्त दैनिकीका बाबजुद पनि गीत सङ्गीत कर्मबाट निकै खुसी छिन् ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?