नेपालमा भयावह बन्दै कोरोना : सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

लोकपथ
624
Shares

काठमाडौं । नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । हाल देशभर २५ हजार ६ सय ८० जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार देशभर गरिएको १५ हजार १ सय ३१ जनाको परीक्षणमा थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म ८ लाख १६ हजार ४३८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप ३ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण का कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय २० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?