काठमाडौं । सरकारले सपिङ मल, डिपार्टमेन्ट स्टाेर तथा पार्टी प्यालेसहरु सञ्चालन गर्ने दिने भएको छ ।
कोरोनाका कारण विद्यालय, जिमखाना, फिल्महललगायत बन्द गर्ने निर्णय गरे पनि सपिङ मल, डिपार्टमेन्ट स्टाेर तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिने भएको हाे ।
सरकारले आइतबार जारी गरेको नयाँ आदेशअनुसार अब सपिङ मल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न पाउनेछन् भने मास्क अनिवार्य लगाउनुपर्नेछ ।
योसँगै प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर पार्टी प्यालेसहरुले विवाह, ब्रतबन्धजस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् ।
तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउने नयाँ नियममा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया