सेयर बजारमा उछाल, कारोबार साढे ९ अर्ब नाघ्यो

लोकपथ
520
Shares

काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजारमा फेरि रौनकता देखिन थालेको छ । केही सातादेखि नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि देखिन थालेको छ ।

बजार बढेसँगै लगानीकर्ताको मनोबल पनि उच्च भएको छ । बजार बढिरहँदा बजारबारे जानकारहरु आ-आफ्नै तर्क व्यक्त गर्न थालेका छन् ।

केहीले लकडाउनको हल्लाका कारण ठूला लगानीकर्ताहरु बजार प्रवेश गरेको तर्क गर्न थालेका छन् भने केहीले करेक्सनपछिको उचाइ भएको टिप्पणी गरेका छन् ।

साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर २९२६ .७४ बिन्दुमा पुगेको छ । आज नेप्से २.४१ प्रतिशतले बढेको हो ।

यता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ११.८१ अंकले बढेर ५४२.६३ बिन्दुमा पुगेको छ ।

यस दिन २२९ कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज १३ वटै उपसमूहमा हरियाली छाएको छ । यस दिन उत्पादन तथा प्रशोधन समूहको सेयर मूल्यमा उछाल आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?