१३ जेष्ठ २०७९, शुक्रवार

अंकितबाबुको ‘कफी क्रस’ सार्वजनिक (भिडियोसहित)

२०७८,माघ,२,आईतवार १४:२६

108
Shares

काठमाडौं । गायक तथा संगीतकार अंकितबाबु अधिकारीको सांगीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको स्वर, शब्द र संगीत समावेश छ । गीतलाई भारतको पश्चिम बङ्गालका उत्कृष्ट संगीतकार सुमित विश्वकर्माले संयोजन गरेका हुन् ।

कुनै क्याफेमा कफी पिउँदै गर्दा अर्को टेबलमा बसेको कसैले तपाईंको ध्यान खिचेको छ ? कफी जत्तिकै सुन्दर, मीठो अनि माया–लाग्दो ! साँच्चिकै यस्तो अनुभव गर्नुभएको छ भने यो भिडियो पूरा हेर्नुपर्ने अधिकारीको भनाइ छ ।

भिडियोमा एक युवकलाई कफी पिउँदै गर्दा अर्को टेबलमा बसेकी सुन्दरीले आकर्षित गरेको विषय देखाइएको छ । तिनै युवतीको क्रियाकलाप र हाउभाउ देखेर युवक दङ्ग पर्छन् ।

उनीहरुबीचको आँखा जुधाई, हेराहेर र अन्य भाव–संवादलाई क्याफेको एक वेटरले नजिकैबाट नियालिरहेको हुन्छ । वेटर गीतमा कहिले हास्ने त कहिले आँखा तर्ने गर्दा गीत अझै रोमाञ्चक बनेको छ । भिडियोमा गायक प्रताप दास र प्रियाना आचार्य ‘मुन्नी’को अभिनय छ ।

क्याफेको वेटरको भूमिका अंकितबाबु आफैँले पूरा गरेका छन् ।

‘यो गीत एक प्रयोग हो, मैले गर्दै आएका अन्य गीतभन्दा यो भिन्न छ, यसमा प्रयोग भएका शब्द तथा संगीतले युवा वर्गका कथा भनेजस्तो लाग्छ’, उनले भने ।

अंकितबाबुका चर्चित गीतमा ‘के माया लाग्छ र’, ‘राम नाम’, ‘सम्झनालाई’, ‘याक्थुङ्मा कान्छी’ र ‘विनायो भाकैले’लगायत छन् ।

‘ए–सिरिज’ नामक च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन नवीन भट्टले तथा छायांकन अनिश स्याङ्देनले गरेका हुन् ।

नवीनले यसअघि ‘मुना’, ‘वसन्त शिशिर’लगायतका भिडियो बनाएका थिए ।

प्रकाशित मिति: २०७८,माघ,२,आईतवार १४:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत

काठमाडौं । बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरले हिजो आफ्नो ५० औं जन्मदिन मनाएका छन् । यस क्रममा उनले

काठमाडौं । फिल्म निर्माता-निर्देशक करण जोहरले २५ मे मा आफ्नो ५० औं जन्मदिन धूमधामका साथ मनाएका छन् । यस क्रममा

काठमाडौं । भारतीय अभिनेत्री अनुष्का शर्माले सामाजिक सञ्जालमा आफ्ना सुन्दर तस्बिरहरु सेयर गरिरहेकी हुन्छिन् । उनी आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५