बुद्धभुमि हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

लोकपथ
468
Shares

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आईपीओ आज (आइतबार) सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीलाई बीएनएचसी (BNHC) सिम्बोल प्रदान गरेको छ । नेप्सेमा कम्पनीको ४० लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ बिक्री गरेको थियो । गत असोज २२ गते बाँडफाँट भएको आईपीओ झन्डै ४ महिनापछिसूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेन्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?