सुदूरपश्चिमले जित्दा आर्मी सेमिफाइनलमा

लोकपथ
299
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पीएम) कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार प्रदेश-१ लाई सात विकेटले पराजित गरेको छ ।

हारसँगै प्रदेश-१ को सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ ।

प्रदेश १ को हारसँगै समूह ‘ए’ बाट आर्मीले उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको छ । सेमिफाइनल सम्भावना कायम राख्न प्रदेश १ लाई आज जित्नैपर्ने दबाब थियो ।

समूहबाट नेपाल पुलिस क्लबले विजेताको रूपमा सेमिफाइनल यात्रा तय गरिसकेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट प्रदेश-१ ले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा राजु रिजालले सर्वाधिक ६८ रन बनाए । उनले ५२ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै कप्तान सन्तोष भट्टले ४८ रन जोडे । अर्जुन साउदले अविजित २६ रन जोडे । प्रदेश १ का कमल खत्री, मुकुन्द यादव र फिर्दोस अन्सारीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको प्रदेश-१ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५८ रनको योगफल तयार गरेको थियो ।

प्रदेश-१ का मुकुन्द यादवले सर्वाधिक ३४ रन बनाए । त्यस्तै सोनु अन्सारीले ३१ रन जोड्दा मनिष थापा र कप्तान अंकित थापाले समान २३ रन थपे ।

सुदूरपश्चिमका हेमन्त धामी र नारायण जोशीले समान दुई विकेट दिए । यस्तै कैलाश ऐर, शेर मल्ल, सन्तोष भट्ट र आदित्य मेहताले एक एक विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?