पोखराका लागि उडेको विमानको एकाएक ढोका खुलेपछि…

लोकपथ
2.8k
Shares

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको विमानमा ‘प्राविधिक गडबडी’ आएसँगै विमान पुनः काठमाडौंमै फर्काइएको छ ।

गुण एयरलाइन्सको उक्त विमान बिहान १० बजे काठमाडौंबाट पोखराका लागि उडेको थियो । स्रोतको जानकारी उडेको केहीबेरमै आकाशमै विमानको ढोका खुलेको थियो ।  स्रोतका अनुसार विमान उडेको केहीबेरमा ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सुचना दिएको थियो । त्यसपछि पाइलटले विमान काठमाडौंमै अवतरण गराउने निर्णय गरेका थिए ।

विमान सकुसल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ ।

अहिले प्राविधिकहरूले विमानको जाँच गरिरहेका त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख भोला प्रसाद गुरागाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?