भैरहवा, ३१ जेठ – नेपाली बजारमा आएको टेन्सबर्ग बियर पिउनु हानिकारक भएको पाईएको छ ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गरेको गुणस्तर चेकजाँचका क्रममा बियर पिउनु हानिकारक भएको प्रमाणित भएको हो ।
बियरको बोटल भित्र अखाद्य वस्तु भेटिनुका साथै अलकोहलको मात्रामा समेत कमी देखिए पछि यसको रहस्य बाहिर आएको छ ।
बियरमा फोहोर र गुणस्तरहीन प्रमाणित भएपछि खाद्यले जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत कार्बाहीका लागी पत्राचार गरेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख हस्त बहादुर राईले जानकारी दिए ।
रुपन्देहीको शुदोधन गाउँपालिकामा रहेको टाईगर ब्रुअरीबाट उत्पादित बियरले उपभोक्ता माथि गरेको खेलवाड गरेको स्थानीय बताउँछन् ।
यस कम्पनीबाट उत्पादिन बियरभित्र अखाद्य वस्तु भेटिनु गलत भएको भन्दै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कार्बाहीको लागी निवेदन दिएका छन् । यसको समेत कार्बाही अगाडी बढेको देखिँदैन् ।
रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले टेन्सबर्ग बियरको गुणस्तर चेकजाँच गर्दा उत्पादनमा कमजोरी देखिएकाले सम्बन्धित कार्यालयले कार्बाही अगाडी बढाएको जानकारी दिए ।
कम्पनीका सञ्चालक तेजेन्द्र खड्काले बियर उत्पादन गर्दा कमजोरि भएको स्विकादै गुणस्तरहिन बियर बजार बाट कम्पनीले फिर्ता गरिसकेको जनाउँदै अझ बजारमा केहि मात्रा हुनसक्ने बताए ।
पटक पटक विवादमा आईरहने यो कम्पनीले उत्पादन गर्ने गुणस्तरहीन बियर ,राजस्व छलि र अन्तशुल्कको नक्कली स्टिकर काण्डमा विगत देखी अनुसन्धान हुनेगरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया