हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
338
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ पैयाँ ३५ पैसा र बिक्री दर ११८ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३५रुपैयाँ ६१ पैसा र बिक्री दर १३६ रुपैयाँ ३० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ४९ पैसा र बिक्री दर १६३ रुपैयाँ ३१ पैसा छ ।

स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ०६ पैसा र बिक्री दर ८६ रुपैयाँ ४९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३१ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३९ पैसा र बिक्री दर १० रुपैयाँ ४४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ५४ पैसा र बिक्री दर ३१ रुपैयाँ ७० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५० पैसा र बिक्री दर ३२ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ ०१ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?