१३ जेष्ठ २०७९, शुक्रवार

टम ह्याङ्सलाई ‘लाल सिंह चड्डा’ देखाउँदै आमिर

२०७८,माघ,२,आईतवार १०:५०

252
Shares

काठमाडौं । बलिउड अभिनेता आमिर खान आफ्नो फिल्म ‘लाल सिंह चड्डा’ रिलिजको व्यग्र प्रतिक्षामा छन् । हलिउड स्टार टम ह्याङ्सको फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक ‘लाल सिंह चड्डा’मा आमिर प्रमुख भूमिकामा छन् ।

‘फरेस्ट डम्प’ सन् १९९४ मा रिलिज भएको थियो । ‘लाल सिंह चड्डा’ निकट स्रोतका अनुसार आमिरले टमका लागि अमेरिकामा फिल्मको विशेष स्क्रिनिङ राख्ने योजना बनाइरहेका छन् । यो विशेष स्क्रिनिङमा टम र आमिर सँगै बसेर फिल्म हेर्नेछन् ।

आमिर फिल्मलाई विश्वव्यापी रुपमा प्रदर्शन गर्नुअघि टमका लागि पहिलो प्रदर्शन राख्दैछन् । आमिर आफ्नो फिल्मप्रति टमको बुझाई के छ भन्ने जान्न चाहन्छन् ।

‘लाल सिंह चड्डा’ करिब दुई सय दिनसम्म सुटिङ गरिएको थियो । आमिरको फिल्म ‘लगान’ पछि सर्वाधिक बढी समय लगाएर छायांकन गरिएको यो दोस्रो फिल्म हो । यो फिल्म भारतका विभिन्न सय बढी स्थानमा छायांकन गरिएको छ ।

आमिर, करीना कपूर खान र अन्य बलिउड स्टारको अभिनय रहेको फिल्म आमिर खान प्रोडक्शन्स, वायकम १८ स्टूडियोज र पेरामाउण्ट पिक्चरले निर्माण गरेको हो । फिल्म आगामी वर्ष रिलिज हुनेछ ।

प्रकाशित मिति: २०७८,माघ,२,आईतवार १०:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत

काठमाडौं । बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरले हिजो आफ्नो ५० औं जन्मदिन मनाएका छन् । यस क्रममा उनले

काठमाडौं । फिल्म निर्माता-निर्देशक करण जोहरले २५ मे मा आफ्नो ५० औं जन्मदिन धूमधामका साथ मनाएका छन् । यस क्रममा

काठमाडौं । भारतीय अभिनेत्री अनुष्का शर्माले सामाजिक सञ्जालमा आफ्ना सुन्दर तस्बिरहरु सेयर गरिरहेकी हुन्छिन् । उनी आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट

ताजा समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग
 २०७९,जेष्ठ,१३,शुक्रवार ०८:०२
चितुवाको आक्रमणबाट बालकको मृत्यु
 २०७९,जेष्ठ,१३,शुक्रवार ०७:००
थाहा पाउनुहोस् तपाईंको आजको राशिफल
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४७
आज यी क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,१३,शुक्रवार ०६:४५