काठमाडौं । मानवीय सहायता सामग्रीसहित परराष्ट्र मन्त्रालयका टोली आइतबार बिहान अफगानिस्तान प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली काबुल प्रस्थान गरेको हो ।
आइतबार बिहान त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले औषधि,लत्ताकपडा र घरायसी सामग्री राहत स्वरुप अफगानिस्तान पठाइएको बताए ।

मन्त्रालयको कर्मचारी सँग सँगै निजी क्षेत्रको प्रतिनिधि र पत्रकार समेतको टोलीले करिब १४ टन बराबरको राहत सामग्री पठाइएको परराष्ट्रमन्त्री खड्काले जानकारी दिए ।
उक्त सामग्री सरकारीबाट नभइ निजी व्यवसायिक क्षेत्रबाट उपलब्ध गराइको भन्दै मन्त्री खड्काले निजी क्षेत्रलाई धन्यवाद दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया