१४ माघ २०७८, शुक्रवार

मकर नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु

२०७८,माघ,१,शनिवार १९:५१

153
Shares

पाँचथरमा मकर नुहाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ । मकर नुहाउने क्रममा आज दिउँसो १२:४५ बजे जिल्लाको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले लिक्टिङ भन्ने ठाउँबाट बगाएको थियो ।

बुढाथोकी बेपत्ता भएपछि मकर नुहाउन पुगेका स्थानीयवासी तथा इलाका प्रहरी कार्यालय मौवा र अस्थायी प्रहरी चौकी नुवाखोलाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा करिब ४ किलोमिटर दक्षिणमा बुढाथोकीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

तुम्बेवा–२ हाकपारामा नदी किनारामा बुढाथोकीको शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय रबीबाट प्रहरी निरीक्षक केशव अधिकारीको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७८,माघ,१,शनिवार १९:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नयाँ दिल्ली । भारतले महिला, शान्ति र सुरक्षाका विषयमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को खुला बहसमा विश्वभर दिगो शान्ति प्रवर्द्धन गर्नका

सर्वोच्च अदालतले नागरिकता दुरुपयोग गरेर राजश्व छली गरेको अभियोग लागेका उमाशङ्कर रायभरलाई रु २५ हजार धरौटीमा थुनामुक्त गर्न आदेश गरेको

टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको दुःखद् निधन हुनुमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको निश्कर्ष निकालिएको छ । नेपाल

भारतले छिमेकी मुलुक अफगानिस्तानका जनतालाई मानवीय सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार भनेको छ‚

ताजा समाचार

जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ
 २०७८,माघ,१४,शुक्रवार २०:०३
माघ मसान्तसम्म विद्यालय नखुल्ने
 २०७८,माघ,१४,शुक्रवार २०:०३
परीक्षणमध्ये ६० प्रतिशतमा सङ्क्रमण
 २०७८,माघ,१४,शुक्रवार १९:५७