पीएम कप : बागमती सेमिफाइनलमा पुग्ने तेस्रो टोली

लोकपथ
52
Shares

काठमाडौं । गण्डकी प्रदेशमाथि ४० रनको जित निकाल्दै बागमती प्रदेश प्रधानमन्त्री ९पीएम० कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टियु मैदानमा बागमतीले दिएको १४४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०३ रनमात्र जोड्न सक्यो ।

गण्डकीका कमल परियारले सर्वाधिक ११ रन जोडे । यसबाहेक विधान श्रेष्ठ, दीपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द विक र कप्तान विशाल पौडेलले समान १० रन जोडे ।

बागमतीका नन्दन यादव, विपिन आचार्य र सुवास खत्रीले समान दुई विकेट लिए । यस्तै रिन ढकाल, प्रतिश जिसी र रामनरेश गिरीले समान एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको बागमतीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रनको योगफल तयार गरेको थियो ।

बागमतीका विपिन आर्चायले सर्वाधिक ३० रन बनाएका थिए । विपिनले १९ बलमा तीन चौका प्रहार गरे । त्यस्तै सुवास खकुरेल र प्रतिश जिसीले सामान २७ रन जोड्दा लक्की कठायतले टोलीको खातामा १७ रन थपेका थिए ।

गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले समान दुई विकेट लिए । यस्तै अशोक श्रेष्ठ, सुभास भण्डारी र कमल परियारले एकरएक विकेट हात पारेका थिए ।

बागमतीले समूह ‘बी’ को उपविजेता रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । बागमतीले चार खेलमध्ये तीनमा जित र एकमा हारको नतिजासहित ६ अंक जोड्यो ।

तीन खेल खेल्दासम्म अंकविहीन रहेको कर्णाली तालिकाको पुछारमा छ । यसअघि नेपाल पुलिस र एपीएफ क्लब सेमिफाइनलमा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?