भयावह बन्दै कोरोना : थप ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
702
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार देशभर गरिएको १४ हजार ५५६ जनाको परीक्षणमा थप ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय ५० जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म ८ लाख १६ हजार ३ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९६।१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप ४ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण का कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय १७ पुगेको छ ।

हाल देशभर २१ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?