प्रिन्स योनेक्सको ब्राण्ड एम्बेसडरमा चयन

लोकपथ
234
Shares

काठमाडौं । विश्व जुनियर ब्याडमिन्टनमा एक नम्बरमा जम्न सफल नेपाली खेलकुद एवं ब्याडमिन्टनका शान प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसडरमा चयन भएका छन् ।

प्रिन्सलाई सम्मान गर्न काठमाडौंमा आयोजित एक कार्यक्रममा योनेक्सको नेपाली आधिकारीक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले प्रिन्सलाई एक वर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताए । कार्यक्रममा संस्थाले दाहाललाई नगद २ लाख सहित प्रशंसा पत्रले सम्मान गरेको थियो ।

प्रिन्सले ब्राण्ड एम्बेसडर भए बापत एक वर्ष सम्म आवश्यक योनेक्सका सम्पूर्ण सामाग्री प्राप्त गर्ने र प्रयोग गर्ने छन् भने हाललाई एशियाली देशहरुमा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउने क्रममा हवाई यातायातको खर्च ब्यहोर्ने प्रोपाईटर बास्तोलाले जानकारी गराए ।

प्रिन्स हालै बिश्व ब्याडमिन्टन महासंघले प्रकाशित गरेको बरियता क्रममा जुनियर तर्फ नम्बर एकमा पुग्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?