लिपुलेकमा भइरहेको अतिक्रमणविरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्छ : राप्रपा

लोकपथ
156
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरिरहेको प्रति आपत्ति जनाएको छ ।

कालापानी लिपुलेकमा भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने राप्रपाले माग गरेको छ ।

महामन्त्री भुवन पाठकले एक विज्ञप्ति जारी गर्दै , ‘नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ । कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?